
फागुन १४, पोखरा-
पोखरामा पाँचौ अन्तर लायन्स क्लब फुटबल प्रतियोगिता शुरु भएको छ । शनिवार विहानदेखि सुरु भएको प्रतियोगितामा ८ खेलहरु सम्पन्न भएका छन् ।
विहिवार सम्पन्न पहिलो खेलमा लायन्स क्लब अफ पोखरा डाउन टाउनले आयोजक क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीलार्ई २—० अन्तरले पराजित गरेको छ ।
प्रतियोगिता अन्र्तगत दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले पोखरा पिस हिमालय सिटीलार्ई ४–० को गोल अन्तरले पराजीत ग¥यो । यसै गरी तेस्रो खेलमा लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले पोखरा फेवा फिस्टेल सिटीलाई ४–० गोलले पछि पारेको थियो भने चौथो खेल लायन्स क्लब अफ हेम्जा र लायन्स क्लब अफ पोखरा सुन्दर नगरी बिच प्रतिश्पर्धा हुँदा निर्धारित समयमा १÷१ गोल भई बराबरीमा टुङिगदा ट्राईब्रेकरमा ४ का बिरुद्ध ५ गोलले हेम्जा बिजयी भएको थियो ।
त्यस्तै मध्यान्ह् पछि सुरु भएको पाचौं खेलमा लायन्स क्लब अफ पोखरा मुनालले पोखरा माछापुछ«ेलाई ४–०, छैटो खेलमा लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीले पोखरा पिस सोसाईटीलाई २–०, सातौ खेलमा लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डले पोखरा पिस चौतारीलाई ३–१ ले र अन्तिम खेल लायन्स क्लब अफ पोखरा टुरीजम सिटीले पोखरा गार्डेन सिटीलाई ४–० को गोल अन्तरले पराजीत गरी आईतवार हुने क्वाटर फाईनलका खेल सुरक्षित गरेका छन ।
त्यसअघि बिहान लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा, बाराहीखेल मैदान मालेपाटनमा प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगानाले लायन्स क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउदै समाज परिवर्तनका लागि अझै अगाडि बढ्नु पर्ने बताउदै लायन्स क्लबहरु बीचमा फुटवल प्रतियोगिता आयोजना हुुनु समग्र पोखरेलीहरुको लागि गौरबको विषय भएको बताए । यसैगरी खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले खेलमा हारजित भन्दा पनि आपसि भाईचाराको रुपमा लिनु पर्ने बताए ।
क्लबका अध्यक्ष किशोर मोहन भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, निवर्तमान अध्यक्ष टंकराज अधिकारी, पुर्व अध्यक्ष ख्याम नारायण काफ्ले, सचिव राम प्रसाद अधिकारी लगाएतले बोलेका थिए ।
आगामी १६ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा कुल १६ वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५, उपविजेता क्लवले १५ हजार ५ सय ५५ रुपया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।
आईतवार बिहान ७..३० बजे संचालन हुने खेलमा ४ खेल हुने छन भने पहिलो खेल लायन्स क्लब अफ पोखरा डाउनटाउन र पोखरा ग्लोबल लेकसिटी बिच प्रतिस्पर्धा हुनेछ ।
