
पोखरा, फागुन १५, माधब पनेरु ।
पोखरा बिस्वबिद्यालयमा बिभिन्न समयमा अनेक खालका घटनाहरु हुने गरेका छन । नेपालको शैक्षिक गुणस्तरका लागि बिस्वबिद्यालय मुख्य जिम्मेबार निकाय हो । बिद्यार्थिहरुले आफ्ना अभिभावक भन्दा पनि बिद्यालय र शिक्षक,शिक्षीका वा प्राध्यापकलाई धेरै बिस्वास गरेका हुन्छन । तर पोखरा बिश्वबिद्यालयले बिद्यार्थिको बिस्वासमाथि बिस्वासघात गरेको अर्को तथ्य फेला परेको छ ।
पहिलोपटक प्रकाशित रिजल्ट


चरम राजनितिक प्रभावमा परेको नेपालको शिक्षा प्रणाली मात्र नभई राजनितीकै आडमा क्षमता भएका बिद्यार्थिहरु अबसरबाट बाहिरीने कुरा सामान्य जस्तो बनेको छ । पोखरा बिस्वबिद्यालयको ब्यबस्थापन संकाय अन्र्तगतको स्नातकोत्तर तहको छात्रबृत्तिमा पनि गभ्भीर कमजोरी भएको देखिएको छ ।बिस्वबिद्यालयका कमजोरीका कारण एउटै बिषयको रिजल्ट तिनपटक ( फरक,फरक मितिमा ) प्रकाशन गरिएको छ । बिश्वबिद्यालयको नियम अनुसार बिद्यार्थिहरुले पाउने दलित, जनजाती, लेखनाथबासी र खुल्लाको लागि आबेदन माग गरिएको थियो । जसमा बिद्यार्थिले एउटा मात्र अप्सन रोजेर आवेदन दिन पाउने ब्यबस्था गरिएको भएपनि जनजाती कोटामा आवेदन दिएका बिद्यार्थिलाई खुल्ला तर्फबाट र खुल्लामा दिएकालाई आरक्षणकोटामा राखेर रिजल्ट सार्वजनिक भएपछि छाबृत्ति संयोजक तथा बिश्वबिद्यालयका डिन कर्णबिर पौडेल बिबादमा तानिएका छन ।
दोस्रो पटक प्रकाशित रिजल्ट


पहिलो पटक फागुन ६ गते रिजल्ट सार्वजनिक भएको थियो । पहिलो रिजल्टमा खुल्ला पुरुष तर्फबाट छात्रबृत्तिमा परेका सुरेश घिमिरे खुल्ला महिला तर्फ शोभा आचार्य र तारानम खातुन बिद्यालयले गरेको दोस्रो पटक फागुन ९ गतेको रिजल्टमा परेनन् । त्यसैगरि पहिलो रिजल्टमा लिष्टमा दलित तर्फ छात्रबृत्ति पाएकी सन्जु सिंह दोस्रो रिजल्टमा लिष्टमा परीनन र उनको स्थानमा सारदा बि.कको नाम आयो । बिश्वबिद्यालयले पुनः तेस्रोपटक अर्को रिजल्ट सार्बजनिक गरेको छ । जुन पहिला र दोस्रो पटक गरिएको रिजल्ट भन्दा फरक छ । फागुन १२ गते सार्वजनिक भएको रिजल्टमा पहिलोमा खुल्ला तर्फ परेकी तर दोस्रोमा हटेकी शोभा आचार्यको नाम परेको छ । तर उनको सट्टामा पहिलो र दोस्रो दुबै लिष्टमा खुला महिला तर्फमा परेकी मन्जु मुडभरी भने परीकी छैनन । त्यसैगरि जनजाती तर्फको कोटामा पनि प्रत्येक रिजल्टमा फरक, फरक नाम राखिएको छ ।
यसबारे के भन्छन त पि.यु का अधिकारीहरु ?
फरक फरक रिजल्ट सार्बजनिक भएपछि छात्रबृत्ति संयोजक तथा पोखरा बिस्वबिद्यालयमा डिन कर्णबिर पौडेलले यो बारेमा आफु जिम्मेबार नभएको प्रतिकृया दिए । आफुलाई यस्तो रिजल्ट आएको बारेमा केही जानकारी नभएको उनले बिग एफ.एम संग भने । पौडेल यसबारे डाईरेक्टर रबिन्द्र घिमिरेसंग जानकारी लिन अनुरोध गरे । घिमीरे संग कुरा गर्दा उनले बिस्वबिद्यालयको तर्फबाट केही कमजोरी भएको स्वीकार गरे । तर यसमा जिम्मेबारीको हिसावले कर्णबिर सर पनि हो भने । त्यसैगरि घिमिरेले पनि बिस्वबिद्यालयको शिक्षक हरि बहादुर खड्का संग कुरा गर्न भने । खड्काले पनि बिस्वबिद्यालयको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन । खड्काका अनुसार अन्तीम रिजल्ट भने दुरुस्त रहेको छ । अब त्यसपछि अर्को रिजल्ट प्रकाशन नहुने उनको भनाई थियो । मानवीय कमजोरी र छात्रबृत्ति संबन्धी पहिलो अनुभव भएका कारण कमजोरी भएको खड्काले दावि गरे ।
बिस्वस्त स्रोतका अनुसार बिस्वबिद्यालयमा राजनितिक दलका बिद्यार्थि संगठनहरुको दवाव र प्रभावले प्रत्यक्ष काम गर्छ । जसका कारण क्षमता भएका बिद्यार्थिहरु पनि मन नहुँदा नहुँदैपनि बिद्यार्थि संगठनमा लाग्नुपर्ने हुन्छ । जो लाग्दैन, उसले यस्ता अबसर पाउन गाहे पर्छ ।
