कास्कीको पोखरा र लेखनाथ मिलेर शुक्रबारदेखि महानगरपालिका, जिल्लामा ४ वटा गाउँपालिका

Share:

पोखरा, २७ फागुन-
आजदेखि कास्कीको पोखरा महानगरपालिका बनेको छ । लेखनाथ र पोखरालाई मिलाएर सरकारले पोखरा लेखनाथ महानगरपालिका बनाएको हो ।

पोखरा लेखनाथसँगै देशमा ललितपुर, भरतपुर पनि महानगरपालिका बनेका छन् । काठमाडौं यसअघि नै महानगरपालिका थियो । योसँगै देशमा ४ वटा महानगर भएका छन् ।

स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले कास्कीमा पोखरालेखनाथ महानगरपालिका र ४ वटा गाउँ पालिका प्रस्ताब गरेको थियो ।

प्रस्तावीत पोखरा लेखनाथ महानगरपालिकाको केन्द्र पोखरा नै भएको । पोखरा लेखनाथ महानगरपालिकामा ३३ वडा बनेका छन् भने यहाँको जनसंख्या ४ लाख १४ हजार १ सय ४१ रहेको छ ।

यसबाहेक कास्कीमा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गरी चार गाउँपालिका बनेका छन् ।  आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: