पोखरामा होलीमा होहल्ला गर्ने २८ जना पक्राउ

483
0
Share:

पोखरा, २९ फागुन-
होलीमा होहल्ला र नियम विपरित सवारी चलाएको भन्दै कास्की प्रहरीले २८ जनालाई पक्राउ गरेको छ ।

पोखराबाट १९ मोटरसाइल, ९ स्कुटर सहित २८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । होलीमा उश्रृखल गतिविधि हुन नदिन बिहानैदेखि पोखराका चोक चोक र भित्रि गल्लीमा प्रहरीले निग्रानी राखेको थियो ।

आइतबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्ने १२ सय ५४ जना पक्राउ परेका छन् । १२ सय ५४ वटा सवारी चालकले नियम उल्लघंन गरेकाले सवारीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार साझँ नै प्रहरीले छाडेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: