प्यूठानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

262
0
Share:

प्यूठान, ११ चैत  –
स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्रु लिएर आएको स्कार्पियो जीप दुर्घटनामा परि ज्यान गुमाएकाहरुलाई शुक्रबार ललितपुर लैजान सकिएको छैन ।

दुर्घटनामा ज्यान गुमाएकालाई लैजान दुई वटा हेलिकप्टर प्यूठान झिकाइएको भएपनि चालकले ५ बजेपछि उड्न नमानेपछि र काठमाडाैं त्रिभुवन विमानस्थलले ५ बजेपछि ल्यान्डिङ अनुमति नदिएपछि हेलिकप्ट शनिबार बिहानै मात्रै त्यसतर्फ लाग्नेछन् ।

शुक्रबार बिहान बा ८ च १५६१ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ६ जनाले घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकी अम्बिका गजुरेलको उपचारको क्रममा ज्यान गएपछि ज्यान गुमाउनेको संख्या सात पुगेको हो ।

ललितपुर–१४ तिखेदेवलकी अम्बिकाको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा जीप दुर्घटनामा ललितपुर–१४ तिखेदेवलका दिनेशध्वज बस्नेत, पद्मा बस्नेत , दिक्षा बस्नेत र डिहा बस्नेतको ज्यान गएको थियो । उनीहरु सबै एक परिवारका रहेको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुर–१४ कै श्रृष्टी बराल, र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ । दुई घाइते चालक सरोज घले र सुशीला बरालको अहिले बुटवलमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: