कास्कीका वन अधिकृत ५० हजार घुससहित पक्राऊ

Share:

काठमाडौ, १५ चैत-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस रकमसहित कास्कीका एक वन अधिकृतलाई पक्राउ गरेको छ ।
ईलाका वन कार्यालय आर्वा, पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्कीलाई ५० हजार घुस रकमसहित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

सहायक अधिकृत कार्कीले जिल्लाको काउ भलान भन्ने ठाउँमा बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न पाउने बनाउन ५० हजार घुस मागेका थिए ।

कार्कीलाई पोखरास्थित न्युरोडको एक रेष्टुरेण्टबाट घुुस वापत लिएको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: