पोखरामा असिनापानी, छोम्रोङमा चट्याङ लागेर एक जनाको मृत्यु

Share:

पोखरा, १९ चैत-
कास्कीको छुम्रुङमा शनिबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भइ हाल छुम्रुङमा बस्दै आएका १४ वर्षका बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

एक सातायता पोखरा आसपास क्षेत्रको मौसममा खराबी आएको छ । पोखरामा शनिबार पनि भीषण असिना–पानी परेको छ । असिनाले कास्की जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको तरकारीखेतीमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

कमजोर भिजिविलिटीका कारण पोखरामा नियमित हवाई उडानसमेत हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: