कमल थापाले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगको ठहर

352
0
Share:

काठमाडौं, २२ चैत-
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई स्पष्टीकरण सोध्ने बताएको छ । आयोगले उपप्रधानमन्त्री थापा आचार संहिता विपरीत केही जिल्लाको भ्रमणमा रहेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

निर्वाचन आयुक्त सुधीर शाहले भने, ‘मन्त्रीहरु आयोगको अनुमतिमा जिल्ला सदरमुकामसम्म जान सक्नुहुन्छ, त्यो पनि सरकारको कामका लागि मात्रै ।’तर, उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी गराएका थिएनन् । यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए । स्याङ्जा सदरमुकाम तलीबजारबाट दुई घण्टाको पैदल दूरीमा रहेको सिरुवारीमा पुगेर कमल थापाले आफ्ना कार्यकर्ताहरुसँग छलफल गरेका थिए । सो क्रममा उनले राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमा समेत पुगेका थिए ।

स्याङजाबाट उपप्रधानमन्त्री थापा पोखरा हुँदै सोमबार बाग्लुङ गए । थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: