
काठमाडाैं, ४ वैशाख / निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४ सय ५२ मतदाता छन्। जसमा पुरुष ७० हजार ६९ हजार ७ सय १४, महिला ६९ हजार ८४ हजार ६ सय २५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ४३ छन्।
२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।
मतदाता नामावली कसरी हेर्ने ?
१. सबैभन्दा पहिले आफ्नो जिल्ला छान्नुहोस्।
२. त्यसपछि आफ्नो स्थायी ठेगाना गाउँपालिका, नगरपालिका र महानगरपालिका वा महानगरपालिको नाम छान्नुहोस्।
३. त्यसपछि वडा नम्बर छान्नुहोस्।
४. मदतान केन्द्र छान्नुहोस्।
५. SUBMIT लेखेको बटन क्लिक गर्नुस्।
र, तपाईँको मतदाता विवरण आउनेछ ।
फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ ।
