
पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । पाटन प्याथ ल्याव स्वतन्त्र फोटोपत्रकार राम गुरुङ (कास्की) र मेट्स एजुकेशन मोफशल फोटोपत्रकारिता अवार्ड कृष्णमणि बराल (अन्न्पूर्ण पोष्ट दैनीक –कास्की) ले जिते ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार आयोजना गरेको ‘फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’ अन्तर्गत कास्कीका तीन पत्रकारले अवार्ड जितेका हुन् । अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे ।
पोखरामा केही महिनाअघि भएको भेट्रान्स फुटबल प्रतियोगिताको रञ्जितले खिचेको तस्बिरले अवार्ड प्राप्त गरेको थियो । अवार्डका लागि पाँच जनाको फोटो मनोयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइभटाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो ।
दुई दशकदेखि पोखरामा स्वतन्त्र खेलकुद फोटो पत्रकारिता गर्दै आएका रञ्जितले अवार्ड जितेकामा खुसी व्यक्त गरे । ५४ बर्षे रञ्जितले दशक अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) डेभलपिङ अवार्ड जितेका थिए ।

यसअघि एनएफपिजेले पनि उनलाई सम्मान गरेको थियो ।
