
बिग न्युज पोखरा, २७ बैशाख । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित कास्कीमा चुनावी सभा भएको छ । सो सभामा स्वास्थ्यमन्त्री गगन थापा नै सामेल छन् । उनी नेपाली कांग्रेस कास्कीको चुनाव प्रचारमा केहि दिनदेखि सहभागी हुँदै आएका छन् ।
निर्वाचन आचारसंहिता विपरित सहभागी हुँदै थापाले भाषणमार्फत कांग्रेसलाई भोट माग्दै आएकोमा कास्कीकोटको सभा नै स्वास्थ्य चौकीमा आयोजना गरिएको छ । गाविस कार्यालय समेत प्रयोग गरिएको छ ।
निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद–३ अन्तर्गत नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणको प्रचारप्रसारमा सहभागी हुन नहुने बुँदामा ‘नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

तर मन्त्रीहरु चुनावी सभामा सामेल मात्र होईन, पैसा बाँडेर मतदाता प्रभावित गर्ने, सरकारी स्थलमा सभासम्मेलन गर्ने गर्दै आएको खबर सार्वजनिक हुँदै आएको छ ।
उता तनहुँमा पनि काँग्रेसका नेता बनमन्त्री शंकर भण्डारीले पैसा बाँड्दै सरकारी दलबलसहित गाउँ गाउँ पुगेर काँग्रेसलाई भोट दिन भाषण ठोकेको भनेर आरोप लागेको थियो ।

