स्पेनिस ला लिगा : रियल मड्रिडले ५ वर्षपछि यसरी जित्यो उपाधि (फोटो फिचर)

Share:

रियल म्याड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। क्रिस्टियानो रोनाल्डोले २ मिनेटमा गरेको गोलका कारण मालागालाई उसैको मैदानमा २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियललाई उपाधि दिलाउन रोनाल्डोबाहेक करिम बेन्जेमाले ५५ मिनेटमा अर्को गोल थपे।

रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो। बार्सिलोनाले अर्को खेलमा एइबारलाई ४–२ ले पराजित गरेपनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जित्यो। रियलले यो सिजन ३८ खेलमा ९३ अंक जोडेको छ । बार्सिलोना समान ३८ खेलमा ९० अंक जोड्दै दोस्रो स्थानमा छ ।

बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेसीको २ गोलमा एइबारलाई पराजित गर्यो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको एइबारविरुद्ध मेसीले ७५ मिनेटमा पेनाल्टी र ९० पछि थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए।

टाकासी इनुले खेल सुरु भएको ७ र ६१ मिनेटमै गोल गर्दै बार्सिलोनालाई स्तब्ध तुलाउने प्रयास गरे। तर, डेभिड जुन्काको आत्मघाती गोलबाट सुरु भएको दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो। कापा ६७ मिनेटमा रातो कार्ड पाएको अवस्थामा लुइस सुआरेजको गोलमा ७३ मिनेटमा बराबरी गोल गर्न सफल भयो। पछि निर्णायक २ गोल मेसीले गरे।

कमेन्ट गर्नुहोस्
Share: