दोस्रो चरण चुनाव जेठ ३१ होईन, असार ९

306
0
Share:

१५ जेठ, काठमाडौं । वैशाख ३१ गतेको चुनावलाई दुई चरणमा गर्ने गरी चार प्रदेशलाई जेठ ३१ गते चुनाव घोषणा भएकोमा अब सो मितिमा नभई असार ९ गते गर्ने निर्णय भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो । लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: