
पोखरा, जेष्ठ २२ । माधब पनेरु ।
स्थानिय तह र्निबाचनमा चुनाव खारेजीको माग गरेको नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने वा पार्टी सदस्य सम्मलाई नियन्त्रणमा लिने निति बनाएको सरकारले अहिले सम्म रिहा गरेको छैन ।
र्निबाचन भाड्ने आशंकामा प्रहरीले देख्ने बित्तिकै नियन्त्रणमा लिएको कास्कीका १३ जना नेकपा निकटका बिद्यार्थि तथा मजदुरहरु अझै पनि हिरासतमा छन । केहीलाई भने तारिखमा छोडिएको नेकपाका कास्की जिल्ला ईन्चार्ज रुपेशले जानकारी दिए ।
प्रहरीको हिरासतमा बिद्यार्थिहरु काजि गुरुङ्ग, मिलन राई,सुनिल कुमार कुमाल,प्रबल भण्डारी,शिब क्षेत्री,दिलु तामाङ्ग छन । उनिहरुलाई र्निबाचन फाड्ने गतिबिधिमा लाग्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरि पार्टीका जिल्ला सदस्य भोजराज त्रिपाठी ,मजदुरहरु मिलन परियार, प्रेमराज मर्सानी,कमल बि.क,गिर बहादुर बि.क,अमृत बस्याल,कमल बि.क पनि प्रहरी हिरासतमा छन । उनिहरुलाई म्याद थप्दै राख्दै गरिएको छ । केहीलाई भने धरौटीमा रिहा गर्दे प्रसासन परिसर बाट नियन्त्रणमा लिने गरिएको छ । यस अघि हिरासतमा रहेका १४ जना नेता तथा कार्यकर्ताहरु भने रिहा भएका छन ।
परिक्षाको बेलामा हिरासतमा राखिएको भन्दै अन्य बिद्यार्थि संगठनहरुले पनि बिरोध गरेका छन । बिद्यार्थिहरु र्निबाचन बिरोधी कृयाकलापमा सहभागि भएको प्रमाण बिना राज्यले नियन्त्रणमा लिएको भन्दै बिद्यार्थि नेता नेत्र चापागाईले राज्यले बिद्यार्थि माथि अनाबस्यक आतंक मञ्चाउन लागेको प्रतिकृया दिए ।
बैशाख ३१ गते पहिलो चरणको र्निबाचन सम्पन्न भैसकेको छ । र्निबाचन सम्पन्न भैसकेका जिल्लाहरुमा पनि आफ्ना कार्यकर्ताहरु रिहा नगरेको भन्दै नेकपाले बिरोध गरेको छ । अन्य अपराधिक कृयाकलापमा संलग्न भएका र भ्रष्टाचारमा लिप्त भएका आरोपिहरु समात्दा मानवअधिकार हनन भएको देख्ने मानवअधिकार बादीहरुले बिना कारण संकाको भरमा नियन्त्रणमा रहेका कार्यकताहरुलाई चुनाव सम्पन्न भैसक्दा पनि हिरासतमा राखेर लोकतन्त्रकै उपहास गरेको नेकपाका कास्की जिल्ला ईन्चाज रुपेशले बताए ।
हिरासतमा लिएका बिद्यार्थि तथा मजदुरहरुको संन्र्दभमा कास्की प्रहरीले माथिको आदेश पालन गरेको प्रतिकृया दिएको छ । हामीले रहरले राखेको होईन माथि बाट छोड्नु भन्ने आदेश आए मात्र छाड्ने हो नत्र मिल्दैन प्रहरीले भनेको छ ।
