
बिग न्यूज
पोखरा, २५ जेठ । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तिय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले विहिबार सपथ ग्रहण गरेका छन् । परिवर्तित ऐन बमोजिम नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतम समक्ष उनले सपथ लिएका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंक पोखरामा भएको शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशकहरु तिलवहादुर गुरुङ, बृहस्पति अधिकारी, बसन्त वहादुर थापा तथा सहायक निर्देशक ऋतुनाथ लम्साल र नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल तथा विभागिय प्रमुखहरु कुलचन्द्र पराजुली, नयन देवकोटा, प्रेमप्रसाद आचार्य, विवेक राजबंशी, पवित्रा कोइराला लगायतको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था २०७३ असोजदेखि कारोवार शुरु गरेको हो । संस्थाले हाल सल्यान, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, वाग्लुङ पर्वत, कास्की, तनहँु तथा लम्जुङ गरी १० जिल्लाका २६ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।
करिव ८ हजार विपन्न परिवारका व्यक्तिहरुलाई संस्थाले सेवा दिईसकेको छ । खासगरि विपन्न परिवारहरुका लागि विनाधितो कर्जा प्रवाह गरेर स्वरोजगार बन्न संस्थाले सहयोग गर्दै आएको छ ।
