भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ विद्यालयको पुनःनिर्माण

Share:

श्यामशितल परियार
लमजुङ, २६ जेठ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त लमजुङका ६ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको छ ।

वल्र्ड भिजन एडिपी लमजुङले विद्यालयमा सुरक्षित वातावरण परियोजना कार्यक्रम अन्तर्गत यहाँका चण्डेश्वरी प्रावि (चण्डिस्थान), जनविकास मावि (बेँसीशहर), महेन्द्रमावि (परेवाडाँडा), मनकामना प्रावि (परेवाडाँडा), आर्दश प्रावि शितल चौतारी (सुन्दरबजार), र विद्याज्योति मावि तार्कु (खहरे)को क्षतिग्रस्त भवनको पुनःनिर्माण गरेको हो ।

वल्र्ड भिजनको सिकाइका लागि सुरक्षित वातावरण परियोजनाका प्रमुख मदन रानाका अनुसार जिल्लाको बालविद्याश्रम प्रावि (गाउँशहर), यशोब्रह्मा मावि (बेँसीशहर), चन्द्रज्योति आधारभूत विद्यालय (बिम्दाबेसी), शान्ति भवन प्रावि (हिलेटक्सार), अन्नपूर्ण मावि (नाल्मा)को भवनको मर्मतकार्य भईरहेको छ । समाज सेवा प्रावि (तार्कु)को मर्मत कार्य सम्पन्न भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: