कास्कीकोटमा पहिरोले घर पुर्दा एकजना घाईते

Share:

पोखरा १३, असार । अविरल वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा पहिरोले एउटा घर पुरिएको छ ।  राती करिब १ बजेतिर गएको पहिरोका कारण कास्कीकोटको बनपाले भन्ने ठाउँमा स्थानीय डिल्लीराम सुवेदीको घर पुरिएको हो ।

घर पुरिएपछि घरमा सुतिरहेका ४ जना मध्ये डिल्लीराम सुवेदी घाईते हुनुभएको छ । सुतिरहेको अवस्थामा एक्कासी पहिरो गएको र श्रीमती, छोरा र छोरी  भने जोगिन सफल भएको पारिवारिक श्रोतले जनाएको छ । घर पुरिएपछि घरमा रहेको अन्नबाली, लत्ता कपडा नष्ट भएको छ ।

– जीवन सुवेदी

File Photo

 

कमेन्ट गर्नुहोस्
Share: