छोरेपाटनमा जमिन भासिन थाल्यो, प्लटिङ गरिएपछि तीन बर्षदेखि डुवानमा

Share:

पोखरा १७ असार । पोखराको छोरेपाटनमा जमिने भासिने क्रम झन् बढेको छ । पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटन स्थित सितलपथ बस्तीमा जमिन भासिएको हो ।

स्थानीय चुडामणी बोगटीको खेतमा विहिवार भासिएको जमिन शुक्रवार राती झन् ठूलो भासिएको छ । भ्वाङ बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् ।

शुक्रवार साझदेखि परेको अविरल बर्षाका कारण दामोदर खोलामा आएको पानीले दामोदर कुनाको बस्ती समेत डुवानमा परेको छ । यसअघिका प्राकृतिक भ्वाङ पुरेर प्लटिङ गरिएपछि सो स्थान विगत तीन बर्षदेखि डुवानमा पर्दै आएको छ ।

Peacepokhara.com http://peacepokhara.com/pokhara-17-3/

 

कमेन्ट गर्नुहोस्
Share: