एनआइसी एसिया बैंक २० औं वर्षमा, पत्रकार महासंघ कास्कीलाई सहयोग

Share:

बिग न्युज  साउन ४, पोखरा । एनआइसी एशिया बंैक १९ वर्ष पुरा भई २० आंै वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल पत्रकार महासंघ कास्की शाखालाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार एक कार्यक्रमका बीच महासंघलाई सहयोग गरेको हो । बैंकका पोखरा क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

‘बैंक पनि साथी पनि’ मूल मन्त्रका साथ अघि बढिरहेको सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जातर्फ विशेष सेवाहरु चाँडै नै ग्राहक वर्ग समक्ष ल्याउने तयारी भइरहेको शर्माले बताए । ‘संंस्थागत सामाजिक उत्तरदायित्वतर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशीकरण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै सशक्त बनाउन बैंक कटिबद्ध रहेको छ,’ शर्माले भने ।

मोरङ जिल्ला विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ साउन ५ मा क्षत्रीय बैंकको रुपमा नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बंैकको नाममा बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो । २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडलाई मिति २०७० असार १६ मा आफूसँग गाभी एनआइसी एसिया बंैकको नाममा कारोबार सुरु भएको हो । बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त पहँुच अभिवृद्धि गर्दै आएको शर्माले बताए । बैंकले हालसम्म १ सय १९ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टर, ७० वटा एटिएम तथा ४ हजार वटा रेमिट्यान्स काउण्टर लगायतका सञ्चालमार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तीकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्ष भित्र शाखा संख्या २ सय भन्दा बढी पु¥याउने लक्ष्य लिएको छ । एटिएम संख्या ४ सय भन्दा बढी, शाखारहित बंैकिङ सेवा २ सय भन्दा बढी, पिओएस संख्या २ हजार भन्दा बढी तथा रेमिट्यान्स पेमेन्ट एजेन्ट संख्या १० हजार भन्दा बढी कायम गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बैंकले आफ्नो व्यवसाय विविधीकरण गर्ने उद्देश्यले बचत खाता, खुद्रा कर्जा तथा साना–मझौला व्यावसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘फलस्वरुप गत आर्थिक वर्षमा ती क्षेत्रहरुमा उत्साहजनक नतिजाहरु हासिल गरेको छ ।’ प्रविधिको अधिकतम प्रयोगमार्फत ग्राहकलाई छिटो छरितो तथा सहज सेवा प्रदान गर्ने कार्यमा बैंक अग्रपंक्तिमा रहेको शर्माले बताए ।

यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक बैंकले उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ । ‘विद्युतीय बैंकिङलाई अझै सशक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको छ,’ शर्माले भने । यसै क्रममा पूर्णतया अनलाइन एबिबिएस प्रणालीमार्फत शेयर आवेदन, पूर्ण तया अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतीको लागि सोर्स कार्ड मोडल लागुगर्ने प्रक्रिया अन्तिम चरणमा रहेको प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

बैंकको १९ वर्षको यात्रामा निरन्तर सहयोगका साथ विश्वास प्रकट गर्ने समस्त ग्राहक वर्ग, निरन्तर मार्ग निर्देशन प्रदान गर्ने निकायहरु लगायत समस्त सरोकारवालाहरु एवं सुभेच्छुकहरु प्रति बैंकले विज्ञप्तिमार्फत कृतज्ञता प्रदान गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: