नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान

Share:

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले हर्क बहादुर गुरुङ स्मृति सामाजिक सेवा सम्मानबाट नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेललाई सम्मान गरेको छ ।

समितिका संस्थापक अध्यक्ष हर्कबहादुर गुरुङको स्मृतिमा यसै वर्ष स्थापित सो पुरस्कार गुरुङकी श्रीमती वैंशकुमारी गुरुङ, प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देउप्रसाद गुरुङ, छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।

पोखरामा सामाजिक जागरण तथा सामाजिक गतिविधिमा अहोरात्र खटिएर फिर्के बुलौंदी सफाई अभियान देखि पोखराकै सफाई अभियान सफलता पूर्वक गरिरहेका नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान गरिएको हो । प्राप्त पुरस्कार नागरिक समाज पोखराका लागि उनले तत्काल नागरिक अगुवा शशी तुलाचनलाई हस्तान्तरण गरे ।

नागरिक अभियन्ता पौडेलले नागरिक हितका लागि सेवालाई सर्वोपरी ठानेर काम गर्नुस् यही नै आफूहरुलाई पुरस्कार र सम्मान हुने बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: