
९, असोज, पोखरा , माधब पनेरु । निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा ओपिडि सेवा दिने भएको छ । पोखराको शिबचोकमा सञ्चालनमा आएको अन्नपुर्ण बाल तथा महिला अस्पतालले स्वास्थ्य जाँच गराउन २५ रुपैयाँमै टिकट दिने ब्यबस्था गरेको अस्पतालका डाईरेक्टर तथा मुटुरोग बिषशज्ञ डा. आशिश त्रिपाठीले जानकारी दिए । ।
महिला र बालबालिकाको लागि प्रदेश नम्वर ४ मै पहिलो अस्पतालको रुपमा सञ्चालन गरिएको उक्त अस्पतालले टिकटमै बिरामीलाइ नर्तसाउने हिसावले अन्यन्त सस्तो दरमा जाँच गराउन सुरु गरिएको जनाएको छ । । महिला संबन्धी सबै प्रकारका उपचार ब्यबस्था रहेको अस्पताल हालै मात्र सञ्चालनमा आएको हो ।
नयाँ प्रबिधिको प्रयोग र सोही अनुसारको बिशेषज्ञ सेवा दिने गरि अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालको दावि छ । बालबालिकाको लागि पनि सोही अनुसारको सेवा दिन सक्ने क्षमता आफुहरु संग भएको अस्पतालको दावि छ । महिला र बालबालिकाको लागि अन्त जाननपर्ने गरि उपकरण र बिषेशज्ञ रहेका कारण अस्पताल बाट यस क्षेत्रका बिरामीहरुले समयमै उपचार पाउने अस्पतालको भनाई छ । अस्पतालमा हाल ५ बेडको आइसियु, ५ बेडको एनआईसियु, ३ बेडको पिआईसियु, सहित २५ शैया छन ।
दशै तिहार जस्ता पर्वहरुको अबसरमा अस्पतालले बिभिन्न जाँचहरुका छुटको ब्यबस्था गरेको सञ्चालक मणि न्योपानेले जानकारी दिए । एक्स रे , भिडियो एक्स रे ल्यावमा २० प्रतिशत अप्रेसनमा ३० र औषधी खरिदमा समेत ५ प्रतिशत छुट दिइएको न्योपानेले बताए । नेपाल सरकारको प्रचलित कानुन अनुसार कुल बिरामीको १० प्रतिशतलाई निशुल्क उपचार गर्ने ब्यबस्था पनि गरिएको उनले उल्लेख गरे ।
