बिप्लवका एक दर्जन र लोकतान्त्रीक फोरम ४ नम्वर प्रदेशका कोषाध्यक्ष थापा माओबादी केन्द्रमा

Share:

३०,असोज, पोखरा ।  बृहत बाम धुब्रिकरणको प्रकृया सुरु भएको बेलामा बिप्लव नेतृत्वको नेपालक कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सदस्य काशि पौडेल लगायत १५ जना कार्यकर्ताले सो पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।  

एक बिज्ञप्ती प्रकाशित गरि जिल्ला सदस्य पौडेल,राम प्रसाद शर्मा, लक्ष्मी मण्डल , जय बहादुर भट्टराई , धुब्र खतिवडा, हरि दाहाल, मेख बहादुर रानाभाट,अमृत बुढाथोकी,बुद्धि शेर्पा , लक्ष्मी थापा लगायत छन । सामुहिक बिज्ञप्ती प्रकाशन गरेका बिप्लवका कार्यकर्ताहरुले पार्टीले समाजबादी क्रान्ति भन्ने गरेपनि सो संबन्धी कुनै छनक नदेखाएको आरोप लगाएका छन । बर्तमान अबस्थामा धुब्रिकरणको आबस्यकतालाई मध्येनजर गर्दे जडता र उग्रबामपन्थी गतिबिधीलाई परित्याग गरि बृहत बाम धुब्रिकरणमा लागेको नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको बिज्ञप्तीमा उल्लेख छ । टुटफुटबाट कम्युनिष्टहरुको कहिल्यै भलो नहुने दृष्टान्तलाई मध्येनजर गर्दे पार्टी परित्याग गरिएको उनिहरुको भनाई छ ।

बिजय कुमार गच्छेदारले नेतृत्व गरेको लोकतान्त्रीक फोरम पार्टी नेपाली काग्रेसमा बिलय भएपछि सो पार्टीका कार्यकर्ताले भने असहमति जनाएका छन । काग्रेस संग संघियता तथा उत्पीडीत जाती धर्म र बर्गको उत्थानका लागि कुनै बिचार र सिद्धान्त मेल नखाने भएकाले आफुहरु काग्रेस संगको एकता गच्छेदारको सक्तामोहको बाटो मात्र भएको निष्कर्षमा पुगेको फोरम लोकतान्त्रीक प्रदेश नम्वर ४का  कोषाध्यक्ष अमन थापाले बताए । उनले फोरम काग्रेसमा बिलय भएकाले आफुहरु परिबर्तन र संघियताको नारा स्थापित गरेको नेकपा माओबादी केन्द्रमा प्रबेश गर्ने तयारी गरेको बताएका छन ।

माओबादी केन्द्रका कास्की जिल्ला स्तरिय नेता कास्की आएपछि औपचारीक कार्यक्रम गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: