
जन्डीस भनेको के हो ? के जन्डीस आफैमा कुनै रोग हो त ?
जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin ) बढेको अवस्था हो |
भ्रम : यो आफैमा एउटा रोग हो | एकदमै मुख बार्नु पर्ने रोग | मुख राम्ररी बर्न नसके बल्झिरहंछ |
येथार्थ : यो आफैमा एउटा रोग होइन | यो त मात्र कलेजोको रोगको लक्षण हो | जसरी ज्वरो आफैमा एउटा रोग होइन, हो तेस्तै मात्र कलेजो सुन्नेको या कलेजोमा रोग लागेको छ है , यसको अर्थ | Gall Bladder ( पित्त थैली ) मा पथ्थ्हर हुँदा नि जन्डीस देखिन सक्छ|
जन्डीस का मुख्य कारणहरू: : हाम्रो समाज मा
- Hepatitis ( हेपाटाइटिस ) A,E ; Typhoid – कारण फोहोर पानी
- Gall Bladder ( पित्त थैली ) मा पत्थर
- Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)
सफल उपचार गरे जन्डीस निको हुन्छ | मुख बार्न मात्र लागएर उल्टो बेफाइदा हुन सक्छ |
जन्डीस मा के के लक्षण हुन्छन त ?
खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख मिठो नहुने , आलस्य , कमजोरी, पहेलो पिसाब , आँखा बाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने |करंग मुनिको दाहिने भाग कोखा दुख्ने |
जन्डीस मा के के जांच गर्ने
- CBC , LFT – रगत बाट
- URINE RE , ME – पिसाब बाट
- USG – पेटको VIDEO XRAY
- अरु चिकित्सक को सल्लाह अनुसार
धेरै मानिसहरुको समस्या एस्तो हुन सकछ : माथि उल्लेखित जन्डीसका कुनै पनि लक्षण नभएको तर
१.रगत जाँच्दा जन्डीस देखियो रे
२.जति मुख बार्दा नि , जन्डीस ( रगत मा BILLIRUBIN को मात्र NORMAL मै आएन |
३. मलाई लामो समय देखि जन्डीस छ | मुख सार्है नै बारछू तर कम हुन्न रगत मा BILLIRUBIN
समाधान :
जन्डीस को लक्षणहरु छन् र रगत मा पनि BILLIRUBIN माथि छ कि छैन ; यो बुझ्नु जरुरत हुन्छ | जन्डीस को लक्षणहरु नहुनु तर BILLIRUBIN हल्का माथि रही रहन सक्छ | LFT ( रगत को जाँचमा ) BILLIRUBIN संगै ALT/AST ( SGPT/SGOT) भन्ने test पनि हुन्छ ; यो normal छ भने आतिनु पर्दैन | कति अवस्था मा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | जति पटक रगत जाँच्दा नि | एस्तो case धेरै भेटिन्छन | यो जन्डीस वा कलेजो को रोग होइन | जन्मजात देखि नै कसै कसैको BILLIRUBIN अरुको भन्दा हल्का माथि हुन्छ| यिनीहरुमा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर रगत जाँच्दा BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | कम पानी पिउँदा , अनिन्द्रा मा , बढी मासु खादा, शारीरिक काम बढी गर्दा BILLIRUBIN अरु बेला को भन्दा अझै बढ्न सक्छ, तर ALT/AST ( SGPT/SGOT) संधै normal हुन्छ | एस्लाई GILBERT Syndrome भनिन्छ |अरु बेला को जस्तो जन्डीस भन्दै उपचार गरि हिंड्नु पर्दैन | पानी बढी प्रयोग गर्ने बानि राम्रो हुन्छ |
लामो समय सम्म जन्डीस हुने मुख्य कारणहरू: हाम्रो समाज मा
- Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)
- Hepatitis ( हेपाटाइटिस ) B , C ; – कारण रगत बाट, असुरक्षित यौन सम्पर्क बाट, IV drug abusers, आमा बाट सन्तान मा
- cirrhosis ( कलेजो बिग्रे पछि / liver failure )
उपचार:
jaundice (जन्डीस) को उपचार गर्ने होइन | येसरी त ज्वरो आउँदा cetamol खाको जस्तो भयो | jaundice (जन्डीस) गराउने कलेजो रोग को उपचार गर्नु पर्यो | पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र उपचार गराए निको नि हुन्छ, बल्झिरहने भन्ने समस्या नि रहन्न | पानी बढी प्रयोग गर्ने |
भ्रमहरू :
१.Liver tonics ले jaundice (जन्डीस) को सफल उपचार
२.Liver tonics खाए पछि रक्सी खान हुन्छ |
३. Liver tonics खाए पछि कलेजो बिग्रन्न |
के बार्ने के नाबारने ; यो बुझ्न आवस्यक छ |
- jaundice (जन्डीस) को कारण : जस्तै हाम्रो समाज मा मुख्य alcohol (रक्सी )
- कलेजो खानामा बिशेष गरि fat (चिल्लो) र protein pachauna प्रयोग हुने हुँदा ; कलेजोलाइ आराम दिनको लागि माछा मासु चीलो नखाने |
भ्रमहरू: १.बेसार खाएर jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न
२.जे पनि उमालेको खाने
३.तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्न|
बास्तविकता खानपान को कुरामा :
१.पानी बढी पिउने
२.मुख नमिठो हुने हुँदा : मिठो पानी ( Glucose पानी), फलफूल को juice खाने भनिएको हो | फलफुल बाट पानी को बिकल्प को साथमा स्वादिलो र तागत पनि आउंछ | liver( कलेजो ) लाई असर पनि गर्दैअन | सकी नसकी मेवा , उखु खोज्दै हिंड्नु पर्दैन | उखु पेल्ने हात पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ | ख्याल राख्नु : पानी उमालेओ या सफा (filter) फिल्टर गरेको हुनु पर्छ |
३.निएमित बिहान बेलुका खाने दाल भात खान मिल्छ | तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्छ| तेलमा fry गरेको , तेलमा तारेको , junk food , momo , chowmein नखाने |
४.coke, Fanta, प्याकेट को पाइने ready to eat food , पेयपदार्थ नखाने|
५.खाजा पनि खाने
६.कति पटक त यो नखाने त्यो नखाने गरेर बिरामी ले पुष्टिक तत्व नै पाउन्दैन | jaundice ले भन्दानी खाना नपाएर बिरामी कम्जोर , दुब्लो , र धेरै पटक gastric (ग्यास्टिक ) , ulcer (उल्सर ) भएर नि आउने गर्छन |
डा सुबास भट्टराई
MD (MEDICINE), DM ( MEDICAL GASTROENTEROLOGY)
पेट तथा कलेजो रोग बिशेषज्ञ
GASTROCARE PVT LTD ; पेट तथा कलेजो रोग उपचार केन्द्र पोखरा पृथ्वीचोकमा रहेको ग्यास्ट्रो केयर – पेट तथा कलेजो रोग उपचार केन्द्रमा कार्यरत पोखरा तथा पश्चिमाञ्चल क्षेत्रका एक मात्र DM Medical Gastroenterology and Hepatology ( पेट तथा कलेजो रोग बिशिष्ष्ट बिशेषज्ञ ) डा . सुुवास भट्टराई संगको बिषेश कुराकानी मा आधारीत लेख ।
थप परामर्श र उपचारको लागि सम्पर्क
GASTROCARE ,Prithivichowk, Pokhara, Nepal , tel : 061-535560
