गाउँका सबै काँग्रेस प्रवेश

648
0
Share:

बिग न्यूज
कास्की (मिजुरे)२९, कात्तिक। कास्कीको विकट गाउँ मिजुरस्थित पातीखोला, बनपाले र बालुवाबेशीका सबै जना काँग्रेस प्रवेश गरेका छन् । कुनै बेला विभिन्न कम्युनिष्ट पार्टीको समर्थकका रुपमा रहेका उनीहरुले मङ्गलबार मध्यरात आफ्नो नयाँ परिचय खोजे । कम्युनिष्टबाट विकास असम्भव हुने निष्कर्ष निकाल्दै सवै गाउँले काँग्रेसमा गोलबन्द भए ।

काँग्रेस प्रवेश गर्न चाहनेलाई स्वागत गर्न मङ्गलबार मध्यरात कास्की काँग्रेसका सभापति एवं प्रदेशसभा सदस्य उम्मेदवार कृष्ण केसी आफै पुगे । सदस्यता लिएपछि उनीहरुले एउटै स्वरमा भने–‘नेपाली काँग्रेस जिन्दावाद, हामी जसरी पनि काँग्रेस जिताउँछौं।’

स्थानीय मुग्रीवेशीबाट बालुवाबेशी पुगेर काँग्रेस सदस्यता लिए युवा प्रकाश पहारीले पनि । काँग्रेसले गरेको सहयोगका कारण काँग्रेसको सदस्य बनेको सुनाए । कम्युनिष्टले केहि गर्न नसक्ने रहेछन् उनले भने–‘त्यसैले देश विकास गर्ने काँग्रेस रोजे।’ अब पातीखोला, बनपाले र बालुवाबेशी एक जना पनि कम्युनिष्ट बाँकि रहेनन् स्थानीय मानजंग गुरुङले –‘त्यहाँका सवै काँग्रेस भए।’

काँग्रेस प्रवेशसँगै उनीहरुले गाउँको विकास र आर्थिक समृद्वि मागेका छन् । विकास र आर्थिक समृद्धि पार्टीको अभियान बोकेर उम्मेदवार बनेका कृष्ण केसीले त्यहाँका जनताको चाहाना पूरा गर्ने वचन दिए । गाउँमा हुर्के, बढेका र गाउँको दुःख बुझने नेताको परिचय बनाए केसीले भने – ‘तपाईहरुको चाहाना पूरा गर्नु मेरो लक्ष्य हो ।’

उनले यसअघि त्यहाँ भएका हरेक विकासमा काँग्रेसको सहभागिता रहेको बताए। कृषि, रोजगारी, पर्यटन, ग्रामिण सडक स्तरोन्नती र अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो योजना गरेको उल्लेख गरे । पार्टी प्रवेश गरेकालाई स्वागत गर्न समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ, जिल्ला सदस्यहरु नवीन सिग्देल, ओमप्रकाश गुरुङ, प्रेम तामाङ, मुरारी कोइराला, क्षेत्रीय सचिव सुरजजंग राणा, युवा नेता सागर गुरुङ पनि पुगेका थिए ।

विकासप्रति इमान्दार पार्टी भनेकै काँग्रेस हो, तपाईहरुले काँग्रेस रोज्नु भयो समानुपातिक उम्मेदबार रसकुमारी गुरुङले भनिन् –‘तपाईहरुलाई बधाई छ, हाम्रो सदैव साथ रहनेछ।’ स्थानीय जनकदत्त अधिकारी, चन्द्रकुमारी गुरुङ, शिवहरि अधिकारी, कुमार गुरुङ, अर्जुन गुरुङले जनताको साथका कारण प्रत्यक दिन काँग्रेस बलियो र शशक्त बन्दै गइरहेको बताए।

जीवन परियार र शिकन्दर घरदैलोमा

कास्की क्षेत्र नम्बर १ क तथा क्षेत्र नम्बर ३ ख का उम्मेदवारहरु जीवन परियार र शिकन्दर गुरुङले पनि आफ्नो पक्षमा मत मागिरहेका छन् । जनताको घरदैलोमा पुगेर मत मागिरहेका उनीहरुलाई मतदाताहरुको निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

आ–आफ्ना क्षेत्रका मतदाताहरुसँग घरदैलोमा पुगेर मत माग्नुका साथै उनीहरुले आन्तरिक भेटघाटलाई पनि तीव्र पारेका छन् । लोकतन्त्रको पक्षमा भोट हाल्न उनीहरुले सबैलाई आग्रह गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: