लोकतन्त्र बचाउने या फाल्ने फैसला जनताको हातमा : गुरुप्रसाद बराल

424
0
Share:

बिग न्यूज
पोखरा, २९ कात्तिक । कास्की क्षेत्र नम्बर २ ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बराल बुधबार निर्मलपोखरी पुगे । साविक निर्मलपोखरी गाविसमा उनी पुग्दा त्यहाँका स्थानियहरु हर्षित देखिन्थे । युवा जोश र जाँगर बोकेका गुरु बराललाई आफ्नो प्रदेशको उम्मेदवार पाएका निर्मलपोखरीबासीले उनीसँगै केहि आश राखे ।

निर्मलपोखरीका बासिन्दाको गुनासो थियो, ‘हामीले भोट दिएर जिताएकाले हाम्रा माग पुरा गरेनन् । बरु आफ्नो बन्दोबस्तीमा ध्यान दिए । हाम्रो समस्या सम्बोधन गरिदिने आशमा छौँ । यो पटक गुरु बराललाई नै जिताउनेछौँ ।’ उनीहरुले केहि गुनासाका पन्तुरो फुकाए अनि बराललाई माया पनि दर्शाए ।

गुरु बराल पहिलोपटक चुनावमा उत्रिएका हुन् । ऐतिहासिक प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका गुरु बराल निकै सशक्त युवा नेता मानिन्छन् । काँग्रेस र काँग्रेस बाहिर पनि उनको उत्तिकै प्रभाव छ । निर्मलपोखरी पुगेका गुरु बरालले स्थानियसँग आफुले गफ नभई काम गरेर देखाउनकै लागि उम्मेदवारी दिएको बताए ।

‘म युवा हुँ । र, म मा केहि गर्ने जोश अनि जाँगर छ । त्यसैले रुख चिन्हमा भोट हालेर मलाई जिताउनुहोस् ।’ उनले भने–‘यस क्षेत्रको समस्यासँग म परिचित छु । र, यहाँको समस्याको समाधानसँगै समग्र सम्बृद्धिको गुरुयोजना मसँग छ ।’

त्योसँगै उनले अहिले लोकतन्त्रको अस्तित्व नै धरापमा पार्ने खेल भएकोले मतदाताले सोँचेर फैसला गर्नुपर्ने बेला आएको बताए । ‘यसअगाडि कसलाई भोट हाल्नुहुन्थ्यो भन्ने कुरा बिर्सनुस् । अहिलेको बेला लोकतन्त्रलाई बचाउने बेला हो । त्यसैले लोकतन्त्रको पक्षमा उभिएको काँग्रेसलाई भोट हाल्नुस् ।’ उनले भने–‘लोकतन्त्र बच्यो भने सम्बृद्धि जसै आउँछ ।’

साथै उनले प्रतिनीधिसभा सदस्य उम्मेदवार देवराज चालिसेसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ बिरौटा आसपासमा घरदैलो समेत गरे । घरदैलोको क्रममा आफ्नो पक्षमा भोट हाल्न दुवैजना उम्मेदवारहरुले मतदाताहरुसँग आग्रह गरे । ‘यो पटक काँग्रेसको पक्षमा निकै राम्रो माहौल बनेको छ । अघिल्ला निर्वाचित प्रतिनीधिहरुसँग जनता बिच्किएका छन् । र, हामीलाई केहि गर्ने ढाडस दिईरहेका छन् ।’ घरदैलोको क्रममा उम्मेदवार चालिसेले प्रतिक्रिया दिए । घरदैलोमा काँग्रेस नेतृ वृन्दा राना मगर पनि सरिक छिन् ।

कमेन्ट गर्नुहोस्
Share: