
बिग न्यूज
पोखरा, ७ मंसिर । कास्की क्षेत्र नम्बर २ ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बराल भरतपोखरीलाई केन्द्र बनाएर अहिले चुनावी प्रचारमा जुटेका छन् । भरतपोखरी क्षेत्रका सबै वस्तीहरुमा मतदाताहरुको घरघरमा पुगेर उनले आफ्नो पक्षमा मत मागिरहेका छन् ।
जनताको पक्षमा काम गर्ने सेवकको रुपमा आफूलाई पेश गरिरहेका बरालले भरतपोखरीका जनतामाझ आफूले विकासको गतिलाई तिव्रता दिने बताए । उनले आफुमा रहेको युवा जोश र उर्जालाई बाहिर ल्याउनकै लागि भएपनि भरतपोखरीबासीले काँग्रेसको पक्षमा मत दिएर आफूलाई जिताउन आवश्यक रहेको बताएका छन् । उनी यतिबेला रोबोटको मार्फतबाट प्रचार अभियानलाई अगाडि बढाएका कारण पनि विशेष चर्चामा छन् ।
कमेन्ट गर्नुहोस्
