बेरोजगार युवाको कथामा ‘मन त परदेशी’

Share:

बिग न्यूज
पोखरा, ७ पुस । नेपाल एउटा यस्तो देश हो, जहाँका हजारौं युवाहरु दैनिक विदेशीन्छन् । नेपालमा पर्याप्त जागिर नहुँदा र सोचेजस्तो कमाउन नसक्दा परिवार र आफ्नो पेट पाल्नको लागि खाडी मुलुक जाने गरेको तितो यर्थाथ अझै विद्यामान छ । यही पीडा समावेश गरिएको फिल्म ‘मन त परदेशी’ यतिबेला प्रर्दशनको तयारीमा छ ।

पुस १४ गतेदेखि देशका ४० बढी हलमा प्रदर्शन आउने लागेको फिल्म कतारमा समेत छायांकन गरिएको छ । २० प्रतिशत कतार र बाँकी नेपालको महेन्द्रनगर, धनगढी र काठमाडौंमा दृश्य समावेश गरिएको फिल्मलाई देव नेपालले कथा तथा निर्देशन गरेका हुन् । फिल्ममा दुर्गाबहादुर खड्काले लगानी छ ।

निर्माणकम्पनीको भनाईअनुसार फिल्म ४५ लाखमा बनेको हो । फिल्मका सह–निर्देशक तथा नायक दिपेश पाण्डेले बेरोजगार युवाको कथा फिल्मले समावेश गरेको सुनाए । उनले विदेश जान किन बाध्यता हुन्छ र गएपछि स्वदेशको सम्झना र पीडालाई मुख्य विषवस्तु रहेको बताए । ‘स्वदेशमा काम धन्दा केही नभएपछि विदेश जाने युवाको भूमिका मैले गरेको छुँ,’ उनले भने, ‘पैसा कमाउन, बिहे गर्नको लागि विदेश जानुपर्ने बाध्यता रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।

उनको यसको अलावा फिल्ममा कमेडी, लभस्टोरी पनि समावेश गरिएको प्रस्टाए । यसअघि दुई फिल्ममा अभिनय गरेकी नायिका समिता गिरीको यो प्रदर्शनको पहिला फिल्म हो । उनी फिल्ममा हिरोको प्रेमीकाको भूमिका निभाएको सुनाइन् । ‘गाउँदेखि सहरसम्म पुग्दा आइपर्ने घटना र त्यसको समाधान गर्नुपर्नेहुन्छ,’ आफ्नो भूमिका सुनाउँदै भनिन्, ‘गाउँको पात्र, पढ्न वा केही बन्नको लागि सहर छिरेर भोग्नुपरेको समस्या देखाइएको छ ।’

फिल्मको एकसाताअघि कतारमा प्रिमियर गरिसकिएको छ । ४ वटा गीत समावेश गरिएको फिल्ममा पुस्कर सुनुवारको संगीत रहेको छ । फिल्ममा दिपेश पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । फिल्म मर्भुमी नारायण र राजेन्द्रकुमार थापाले खिचेको हुन् ।

कमेन्ट गर्नुहोस्
Share: