घान्द्रुक गुम्बाको विशेष पूजापाठ सम्पन्न

Share:

बिग न्यूज

पोखरा, २१ पुस । तमु ल्होछारको अवसरमा घान्द्रुकको ङग्युर दोर्जे साङाग छ्योंएलिङ गुम्बामा भएको विशेष पूजापाठ भव्यताका साथ सकिएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनको अवसरमा घान्द्रुक आठभाईघरस्थित गुम्बाको आयोजनामा पूजापाठ भएको थियो ।

ल्होछारको अवसरमा घान्द्रुकमा विशेष पूजापाठसँगै गुम्बामा ग्रहशान्ति, पितृपूजा तथा सामुहिक भोज समेत भएको थियो । गुम्बाले गरेको ल्होछार विशेष पूजापाठ कार्यक्रमलाई आठभाई थर आमा समूह, आठभाई बाह«घर प्लहनेरो भाईखलक र आठभाई बाह«घर प्लहनेरो रिह्चमी (चेलीबेटी)सँगै घान्द्रुकबासीले पनि विशेष सहयोग गरेका थिए ।

घान्द्रुकमा भएको ल्होछार विशेष पूजापाठमा दातरा लामे, घाचोक, ल्वाङघलेल, पाउँदुर, भिचुक, काठमाण्डौ, बुटवल, दुर्लङ लगाएतका स्थानबाट थुप्रै्र बौद्धधर्मावलम्बीहरुले सहभागिता जनाएका थिए । पूजापाठलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई गुम्बाका लामा अमृत गुरुङले धन्यबाद ज्ञापन गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: