
बिग न्यूज
चितवन, २३ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)चितवन जिल्ला कार्य समितिमा भानु खरेल निर्वाचित भएका छन् । शैक्षिक परामर्श ब्यवसायीको रुपमा लामो समय देखि क्रियाशिल खरेलले प्रतिष्पर्धी उम्मेद्वार हिम्मत पुरीलाई ५ मत अन्तरले पराजित गरेका हुन् । कुल ४३ मत खसेको निर्वाचनमा पुरीले १९ मत पाउँदा खरेलले २४ मत प्राप्त गरे ।
यस्तै समितिको उपाध्यक्षमा सुवास गौतम निर्वाचित भएका छन् । सचिवमा रविन केसी, कोषाध्यक्षमा सुदिप भट्टराई निर्वाचित भएको इक्यानका नवनिर्वाचित अध्यक्ष खरेलले जानकारी दिए । समितिको सदस्यहरुमा कृष्ण कंडेल, प्रकाश रिजाल, राज डल्लाकोटी र सुलभ रिजाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खरेलले आफ्नो दुइ बर्षे कार्यकालमा शैक्षिक परामर्श ब्यवसायलाई ब्यवसायीक र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । संस्थाको हितका लागि सबै पक्षसंग छलफल गरेर अघि बढ्ने उनले बताए । चितवनमा नेपाल शैक्षिक परामर्श सम्बन्धि काम गर्ने ३३ वटा सस्थाहरु रहेका छन् ।
निर्वाचनमा इक्यान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्षद्धय निरज सिटौला, विष्णुहरी पाण्डे, महासचिव सन्तोष प्याकूरेल, केन्द्रीय सचिव देविदास भट्टराई लगायत अन्य पदाधिकारीको समेत सहभागिता रहेको थियो ।
