कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त

Share:

काठमाडौँ, २५ पुस — नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्तामा नियुक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ। पछिल्लो समय अर्का युवा नेता गगन थापालाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा पनि आयो ।

संसदीय निर्वाचनमा कांग्रेसको पराजयपछि केही युवा नेताहरुले नेतृत्व परिवर्तनको माग राखेर महासमिति बैठक बोलाइरहेका बेला देउवाले शर्मालाई प्रवक्ता बनाएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । झापाका युवा नेता शर्मा प्रखर वक्ता मानिन्छन् ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । पार्टी प्रवक्ता नियुक्तिपछि शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने बताए।

हाईस्कुल पढ्दापढ्दै नेविसंघबाट शर्माले राजनीति सुरु गरेका थिए। उनी ८ कक्षा पढ्दापढ्दै झापास्थित धुलाबरी स्कुलको स्ववियू सभापति, ०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुँदै नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

हालै निर्वाचनमा उनी माओवादीका राम कार्कीसँग पराजित भएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: