
२० साउन, पोखरा । बन्द हडतालले अस्तव्यस्त बनेको पोखरा विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी महत्वपूर्ण फायलहरु कब्जामा लिएको छ । विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्वन्धन दिदा तथा विभिन्न संकायका भवनहरु निर्माण गर्दा अनियमितता भएको आंशकामा अख्तियारले छापा मारेका हो । अख्तियारको टोलीले चार दिन देखी ति फाइलहरु कब्जामा लिएर अनुसन्धान गरिरहेको श्रोतले बतायो ।
श्रोतका अनुसार कलेजहरुलाई सम्वन्धन दिदा तथा भवनहरु निर्माण एवं विश्वविद्यालयको परामर्श सेवामा समेत अनियमितता भएकाले अनुसन्धान भइरहेको छ । केही कमीकमजोरी देखिएका छन् श्रोतले भन्यो —“अनुसन्धान जारी छ, केही समय लाग्छ ।”
विश्वविद्यालयले पुराना निवेदन मध्ये गत बर्ष सम्वन्धन दिएका नौ वटा कलेजहरुका सम्वन्धन प्रक्रियामा समेत छानविन भैरहेको श्रोतले बतायो । विश्वविद्यालयले गरेको विभिन्न सेमिष्टारका भवन निर्माण, सामान खरिद प्रक्रिया लगायत सम्पूर्ण कागजात अनुसन्धान गर्ने कार्य भैरहेको समेत वताइएको छ ।
श्रोतका अनुसार विभिन्न क्षेत्रमा केही त्रुटीहरु भेटिएका छन्, तिनीहरुमा कारवाही हुने समेत जनाइएको छ । विश्वविद्यालयमा अख्तियार पसेपछि कर्मचारीलाई भ्याई नभ्याई भएको छ । विश्वविद्यालयको केन्द्रिय कार्यालय लेखनाथ ढुङ्गेपाटनमा कर्मचारीहरुलाई अख्तियारले मागेका कागजपत्र उपलब्ध गराउँदाको हैरानी र सास्ती भएको छ ।
Source: Big News
