पत्रकारत्रय बाँस्तोला, लामिछाने र सुवेदी पुरस्कृत

Share:

कृपा भण्डारी/माधव भुषाल पोखरा, २० साउन / पोखरामा मंगलबार विभिन्न समारोहविच तिन जना पत्रकार विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकार महासंघ कास्की ले संचालन गरेको पोखरा पत्रकारीता पुरस्कारबाट वरिष्ठ पत्रकार आदर्शसमाज राष्ट्रिय दैनिकका प्रद्यानसम्पादक कृष्णप्रसाद बाँस्तोला, पोखरा सृजनशिल पत्रकारिता पुरस्कार बाट आदर्श नेपाल राष्ट्रिय दैनिकका सह– सम्पादक विनोद लामिछाने सम्मानित भएका हुन् ।

त्यस्तै पोखरा एक्सप्रेसले संचालन गर्दे आएको स्व. बालृष्ण उग्रतारा पत्रकारिता पुरस्कारबाट फेवा पोष्ट दैनिकका प्रकाशक सम्पादक नवराज सुवेदी सम्मानित भएका हुन् । तिनै सम्मानित ब्यतिmत्वलाई नेपाल पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्ट तथा सभासद् रविन्द्र अधिकारीले दोसल्लासहित सम्मानपत्र र नगदले सम्मान गरेका हुन् ।

10565274_678054552282945_3376096062085362790_n

पोखरा पत्रकारिता पुरस्कारको राशि रु ३५ हजार , पोखरा सृजनशिल पत्रकारिता पुरस्कारको राशि रु २५ हजार र बालकृष्ण उग्रतारा पुरस्कारको राशि रु २० हजार १ सय ११ रहेको छ । सम्मानित तिनै जना पत्रकार कृष्ण वाँस्तोला, विनोद लामिछाने र नवराज सुवेदीले यस्ता खाला पुरस्कारले पत्रकारितामा अझै क्रियाशिल भई लाग्न प्रेरित गरेको बताए । उनिहरुले समाजलाई सुुसुचित गराउने काममा सधै लागिरहने प्रतिबद्धता समेत ब्यतm गरे ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्टले पुरस्कारले आधिकारीकताको पत्रकारित ागर्न पत्रकारहरुमा अmभै उत्तरदायि बनाउने विश्वास ब्यतm गरे । डा.विष्टले धैर्य र मेहनत भयो भने पत्रकारीतामा पनि प्रशस्तै सम्भावनाहरु रहेको बताए ।

सभासद् रविन्द्र अधिकारीले सम्मानित पत्रकार द्धयलाई बधाई दिदै पत्रकारिता हरेक दिन नयाँ सिकाई भएकाले समाजलाई सुसुचित गराउने पत्रकारहरुको समाजमा महत्वपुर्ण भुमिा रहेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकिकृत माओवादी कास्की अध्यक्ष दिपक कोईराला, नेपाली काँग्रेस कास्की का सदस्य गिरिराज गौतम, पत्रकार महासंघ का केन्द्रिय सदस्य शुष्मा पौडेल , पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल, स–सचिव कृपा भण्डारी लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: