
अनुप भट्टराई / राजदुतावासको सक्रियतामा श्रीकृष्ण श्रेष्ठको पार्थिव शरिर नेपाल झिकाउने प्रक्रिया चलरिहेका बेला एउटा नयाँ खबर आएको छ । दिल्लीमा उपचारका क्रममा रहेका बेला श्रीमती स्वेता खड्का र दाई मिन कृष्ण श्रेष्ठलाई श्रीले केहि दिन अघि त्यस्तो आग्रह गरेको खबर आएको हो ।
‘हो अहिले उताबाट त्यस्तो खबर आएको छ तर उहाँको परिवार छ यहाँ र फ्यानहरु छन् अनि हामी फिल्ममेकरहरु पनि छौ त्यसैले जसरी भएपनि दाहसस्कार यहि गर्नुपर्छ ।’ श्रीकृष्णका निकट निर्देशक आकाश अधिकारीले भनेका छन् ।
आफ्नो डेड बढी देख्दा दर्शक र जन्म दिने ८२ बर्षीया आमा पिढा नहोस भन्ने आग्रह सहित श्रीले त्यस्तो अनुरोध गरेको बुझिएको छ । श्रीले आमालाई आफू भन्दा बढी माया गर्ने गर्दथे । परिवारमा श्रीले आमालाई गरेको माया देख्दा सवैले डाह समेत गर्ने गरेको परिवारबाट बुझ्नमा आएको छ । घटना भएको १२ घण्टा वितिसक्दा पनि घरमा श्रीको आमालाई यो खबर सुनाईएको छैन् ।
श्रीको त्यस्तो अनुरोधको खबर सुनेपछि प्रज्ञा प्रतिष्ठानमा भेला भएका फिल्मकर्मीहरु आत्तिएका छन् । एकेडेमीमा अभिनेत्री भरना थापा र दीपाश्री निरौलाले उक्त खबर सुन्नसाथ निकै रोएका थिए । राजदुतावासको सहयोगमा सम्मानपूर्वक श्रीको पार्थिव शरिर नेपाल ल्याउने तयारीमा चलचित्र बिकास बोर्डले राज्यको तर्फबाट श्रद्धाञ्जलीको कार्यक्रम तय गरेको छ । एयरपोर्ट देखिनै ठूलो सम्मानका साथ उहाँको श्रद्धाञ्जलीको कार्यक्रम हुनेछ । बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले जानकारी गराएका छन् ।
तर सरकारी प्रक्रियामा एयर एम्बुलेन्स र हेलिकप्टर चाटर्डड गरे पार्थिव शरिर नेपाल ल्याउन नमिल्ने भएपछि रेगुलर फ्लाईट कुरेर श्रीको पार्थिव शरिर नेपाल ल्याउने तयारी भईरहेछ । यध्यपी सवाँ ४ बजेको फ्लाईटमा श्रीको पार्थिव शरिरलाई नेपाल ल्याउन सकिएन भने भोली बिहानको पहिलो फ्लाईटबाट मात्र श्रीलाई नेपाल झिकाईने छ । गत असार २३ गते मात्र विवाह बन्धनमा बाधिएका श्रीको उमेर ४७ बर्ष भयो भन्ने छ तर उमेरको बिषयमा आधिकारिकता परिवारबाट आएको छैन् । उता आफ्नो पतिको निधनको खबरले स्वेता खड्का अचेत अवस्थामा छिन् ।
Source: newsfilmy.com
