‘अन्नपूर्ण’ पछि वायु सेवा निगमले नेपाल भित्र्यायो अर्को विमान

568
0
Share:

काठमाडौं,१० साउन  | नेपाल वायु सेवा निगमलले अर्को ठूलो विमान विमान ‘मकालु’ काठमाडौं ल्याएको छ ।वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो । विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ ।

निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको थियो ।

सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२/१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ ।

२०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

कमेन्ट गर्नुहोस्
Share: