
फेवातालको ड्याम मुनि पौडी खेल्दा अर्का युवक पनि बेपत्ता भएका छन् । तीन दिनअघि सोहि ठाउँबाट बगाएका युवकको अत्तोपत्तो छैन ।
शनिबार साँझ साढे ५ बजेतिर अर्का दुई साथी सहित ओखलढुंगाका २० वर्षीय अबिन राई पौडी खेल्न त्यहाँ पुगेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
आफ्ना अन्य २ जना साथीसँगै पौडी खेल्ने क्रममा उनी बगेका हुन् । एक जना पौडी खेल्न जान्ने साथीले बचाउन प्रयास गर्दा गर्दा डेविजफल तिर बगेको उनका साथीहरुलाई उद्दृत गर्दै डिएसपी कार्कीले जनाए ।
अविन र उनका साथीहरु पर्यटक बसका परिचालक हुन् । उनीहरु काठमाण्डौ पोखरा बसमा काम गर्छन् ।
गत साउन २३ गते सोहि ठाउँबाट बगाएका म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका गाडीकै हेल्पर २४ वर्षीय विकास भुषाल अझैसम्म बेपत्ता नै छन् ।
