
तनहुँ साउन ३० । तनहुँमा बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ एक आपसमा ठोक्किएका हुन ।
दुर्घटनामा गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ्।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
