
अनुप पौडेल ।
भदौ १,पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यलाई कर तिर्ने मात्र नागरिक भएको र कर तिर्ने नागरिक नहुने बताएका छन् ।कास्की जिल्ला भलिबल संघको आयोजनामा शुक्रबारबाट शुरु भएको अन्तर पुरुष बीच भलिबल प्रतियोगितामा बोल्दै मन्त्री गुरुङले अन्य धेरै देशको बजेट ठुलो हुनुमा त्यस देशका नागरिकले तिर्ने कर पनि एक भएको औल्याएका छन् ।गण्डकी प्रदेश सरकारले खेलकुद एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको बताए ।
उनले आगामी पाँच बर्षमा प्रतिव्यक्ती आय दोब्बरले बृद्दी गर्ने गण्डकी प्रदेश सरकारको योजना रहेको समेत सुनाएका थिए ।मन्त्री गुरुङले भने,”हाल गण्डकी प्रदेशको प्रतिव्यक्ती आय एक हजार एक्काईस अमेरिकी डलर छ र आगामी पाँच बर्षमा त्यसलाई दुई हजार देखी पच्चीस सय अमेरिकी डलर बनाउने हाम्रो महत्वकांक्षी योजना छ।”अहिले धेरै ठाउँमा नकारात्मक कुरा आइरहेको भन्दै उनले सबैलाई सकारात्मक भएर सोच्न अनुरोध समेत गरेका छन् ।
प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।भलिबल संघका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् । आजबाट सुरु भएको प्रतियोगिता आईतबार सम्म जारी रहने छ ।
अडियो:::::
