पुष्पा मृत्य प्रकरण:पोखराले कन्चनपुरको रुप लिने चेतावनी (फोटो र भिडियो हेर्नुहोस)

Share:

११ भदौ,पोखरा । पोखरा लामाचौरकी बालिका पुष्पा केसीको हत्या भएको भन्दै मृतकका आफन्त,स्थानीय लगायत विभिन्न संस्थाका व्यक्तिले सोमबार जिल्ला प्रहरी कार्यलय अगाडी धर्ना दिएका छन् । पुष्पा केसी मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न तथा हत्या भएको पुष्टी भएमा हत्यारालाई फाँसीको माग गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले सत्यतथ्य बाहिर ले,हत्यारालाई फाँसी दे,महिला सुरक्षा ग्यारेन्टी गर लगायतका नारा लगाएका थिए । उनीहरुले घटनाको तथ्य छिटो बाहिर नल्याए पोखराले कन्चनपुर घटनाको रुप लिने र सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पुष्पा केसी मृत्यु प्रकरणको सत्यतथ्य बाहिर नाआएसम्म आफुहरुले प्रदर्शन जारी राख्ने सहभागी मध्य कि एक सुनिता बानियाँले बताएकी छन् ।

गएको विहिबारदेखि बेपत्ता पुष्पा केसीको शव शुक्रबार साँझ भेटिएको थियो । साँझसम्म उनी घर नगएपछि उनको खोजी गरिएको थियो । लामाचौर स्थित शैलजा स्मृति पार्कको डिलमुनी भिरालो झाडीमा स्कर्ट खोलिएको अवस्थामा उनको शव भेटिएको थियो । उनको स्कर्ट र बेल्ट शवकै आडमा थियो भने ब्याग धेरै पर फेला परेको थियो ।

पोष्टमार्टम रिर्पोटमा उनको बलात्कार भएको नपाइएको प्रहरीले जनाएको छ । तर, परिवारजनले भने पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको दाबी गरेका छन् । शरीरमा निलडाम सहितका चोट भएकाले आफन्तजनले पुष्पाको हत्या भएको बताउँदै थप अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने बताएका छन् ।

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार साढे ५ बजे विद्यालयको बसबाट करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी उनले ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेको बुझिएको छ ।

तर, उनी घर फर्किनन् । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो । टमाटर किन्न भनेर गएकी पुष्पा भीरतिर जानुपर्ने कारण नदेखिएकाले पनि घट्नाप्रति आशंका उब्जाएको छ । यता कास्की प्रहरीका प्रबक्ता रविन्द्रमान गुरुङले भने छानबिन भईरहेको बताएका छन् ।

Puspa Kc Video

फोटो/भिडियो-अनुप पौडेल/बिग.एफ.एम

कमेन्ट गर्नुहोस्
Share: