पाँच वर्षभित्र तीन हजार मेगावट बिजुली उत्पादन गर्न प्रदेशले प्रयत्न गर्छ:मुख्यमन्त्री गुरुङ

Share:

अनुप पौडेल,१५ भदौ,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उज्यालो प्रदेश बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताएका छन् । उनले आउँदो पाँच वर्ष भित्र पानी,वायु र घाम बाट तीन हजार मेगावट बिजुली उत्पादन गर्न प्रदेश सरकारले प्रयत्न गर्ने बताए ।  प्रदेशका करिब १५ प्रतिशत घरमा हालसम्म पनि विद्यूत सेवा नपुगेको र आगामी दुई वर्षभित्र पुर्याउने लक्ष्य सहित नीति तथा कार्यक्रममा समेत उज्यालो प्रदेश बनाउने विषय समावेश गरिएको उल्लेख गरे ।

एबीसी टेलिभिजनको १० औं बार्षिककोत्सबको अवसरमा गण्डकी प्रदेश ब्युरोले शुक्रबार आयोजना गरेको हाम्रो नेपाल, उज्यालो नेपाल विषयक वृह्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । मधेस आन्दोलनलाई देखाएर संघीय प्रणाली बनाईएको र अहिले त्यसैले पीडा दिएकोमा जोड दिदै सबै अधिकार,कर्मचारी र बजेट संघीय सरकारले राख्नाले सरकार असफल हुन् लागेको धारणा ब्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले केन्द्रमा शाखा महाशाखाको आवश्यकता नरहेको औल्याउँदै ४५ हजार कर्मचारी केन्द्रले के गर्छ भनी प्रश्न समेत गरेका छन् । उनले ढुंगा,गिटी,बालुवामा लगाउने कर,घरभाडा लगायतका कर स्थानिय सरकारलाई उठाउन दिने र सवारी साधनसंग सम्बन्धित कर प्रदेशले उठाउने बताउँदै आन्तरिक कर बढाउने नाममा धेरै स्थानीय तहले कर बढाएको बताए ।

अन्तरक्रियामा बोल्दै नेपाल विद्यूत प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्यूतको गुणस्तरको विषय प्रश्न उठ्नु अहिले मुख्य समस्या भएकोमा जोड दिए । उनले प्राविधिक कारणले विद्यूत सेवा प्रवाह नहुनुलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारे । घिसिङले विद्यूतको खपत कसरी गर्ने भन्नि विषयमा सरकार गम्भीर रुपले लागेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित हुनेमा युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैङक, युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवसायी नरेश भट्टराइ र सुन्दर कुमार श्रेष्ठ सँगै सांस्कृतिक अभियनता मेनकाजी गुरुङ, वरिष्ठ अधिवक्ता तिलक पराजुली र सामाजिक अभियनता हिरु पुन र समाजसेवी मीना गुरुङ रहेका छन् ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: