पोखरामा खुल्यो चिकेन प्वाईन्ट,अब म:म पनि किलोमा पाईने (हेर्नुहोस कहाँ)

Share:

२३ भदौ,पोखरा । पोखराको बिरौटा (बराल फिड) मा फेवा चिकेन प्वाईन्ट संचालनमा आएको छ । व्यवसायी चन्द्रकान्त बराल र उनका छोरा सूर्य प्रसाद बरालले २ करोड लगानीमा प्वाईन्ट संचालनमा ल्याएका हुन् ।

पोखरा क्षेत्रमा विशुद्द चिकेन आईटम मात्र विक्री गर्ने उद्देश्यका साथ सुरुवात गरेको संचालक सूर्य प्रसाद बरालले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन् । संचालक बरालले पोखरामा खाजा खानका लागी स्तरीय रेष्टुरेन्ट नभएको र सोही आवश्यकतालाई मध्यनजर गर्दै घरमा नै खाजा लगेर खाने व्यवस्था गरिएको बताए ।

उनले भने,”हामीसँग कुनै प्लेट सिस्टम छैन,पोखरा क्षेत्रमा अर्डर गरेको एक घण्टा भित्रै खाजा घरमा पुग्छ ।”बरालले थपे,”सबै मेसिन यूरोपियन स्टाण्डर्ड हुन्,अब विस्तारै मोबाईल एप्स र वेवसाईटबाट पनि सेवा दिने सोच छ ।” प्वाईन्टमा बनाईने म:म सँगै अन्य ६ परिकार प्लेटको आधारमा नभई किलोको आधारमा विक्री गरिने बरालले जानकारी दिएका छन् ।

पोखरामा पाइने भन्दा फरक परिकार उत्पादन गर्ने बताउँदै हाल चिकेनका सात आईटम विगत दुई हप्तादेखि वरपरका वासिन्दालाई बोलाएर चखाउने काम भईरहेको व्यवसायी चन्द्रकान्त बरालले बताए । हाल १० जनाले रोजगारी पाएको बरालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: