अपडेट:डुङ्गामा सवार ४ जनाको उद्धार,५ जना बेपत्ता

Share:

पोखरा, भदौ २३ । कास्कीको लेखनाथमा रहेको लेखनाथ कै ठुलो तालका रुपमा चिनिने बेगनासतालमा डुङगा पल्टिएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुङगा पल्टिएको खबर पाए लगत्तै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङ घटनास्थल पुगेका छन् ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: