खानी बन्द गरिएको विरोधमा रामघाटका मजदुर आन्दोलनमा उत्रने

Share:

पोखरा, ३१ साउन। कास्कीका खानीहरु बन्द भएको विरोधमा रामघाटका मजदुरहरु आन्दोलनमा उत्रने भएका छन्। खानी बन्द भएपछि आफुहरुको रोजिरोटी खोसिएकोभन्दै उनीहरु आन्दोलनमा उत्रने भएका हुन्। रामघाट बालुबा खानी मजदुर समितिले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रन लागेको जनाएको छ।

सरकारले तीन महिनाका लागिभन्दै असार १ गतेदेखि देशभरका सम्पूर्ण खानीहरु बन्द गर्ने निर्णय गरेको थियो। कास्कीमा भने जिल्ला विकास समितिले साउन २७ देखिमात्र खानी बन्द गराएको हो। सडकदेखि स्थानीय सरकार, प्रशासन कहाँ जानु पर्छ जान्छौ र शान्तिपूर्ण आन्दोलनमा उत्रन्छौ रामघाट बालुबा खानी मजदुर समितिका कोषाध्यक्ष मनोज रसाईली भने – मजदुरलाई विकल्प नदिइकन खानी बन्दगर्दा सेती नदिका विभिन्न घाटबाट बालुवा निकाल्ने २५ हजार मजदुरको रोजिरोटी खोसिएको छ।

२५ हजार मजदुरको आम्दानीबाट पालिदै आएका सयौ परिवारको दैनिकी कष्टकर हुन थालेको उनको भनाई छ।जिल्ला विकास समितिले बोलपत्र आव्हान गरी सेतीको खारापानी भुजरुङखोलादेखि कोत्रेसम्म बालुवाका ३० वटा खानी संचालनगर्दै आइरहेको छ। यसपटक भने रामघाटबाट बालुवा झिक्दै आइरहेका मजदुरहरुले एक करोड २५ हजार रुपैयामा टेण्डर पारी बालुवा खानी संचालन गरेका थिए। जसका कारण रोजीरोटीको समस्यासँगै लगानी समेत डुब्ने हो कि भन्ने चिन्तामा रामघाटका मजदुरहरु छन्।

रामघाट बालुवा खानी मजदुर समितिका अध्यक्ष कर्णबहादुर पुनले खानी बन्द हुदाँ रामघाटका मात्रै १५ हजार मजदुर प्रभावित भएको बताए।
जिल्ला विकास समितिको मापदण्ड अनुसार नै बालुबा निकालिएको अवस्थामा खानी बन्द गर्न नपर्ने उनको भनाई थियो। उनले निर्णय पुनर्विचार गरी खानी सूचारु गराउन पनि माग गरे।

पत्रकार सम्मेलनमा मजदुर नेता बुद्विमाया पाण्डे र ईश्वरी बैरागीले रामघाटबाट बालुबा निकाल्न रोके सेती माथि बग्न थाल्ने र बस्ती जोखिममा पर्ने दावी गरे।

News n Photo : Nabin Sigdel/ Aadarsha Samaj

कमेन्ट गर्नुहोस्
Share: