निजी र सरकारी शिक्षा अहिलेको मुख्य बिभेद:मन्त्री बस्नेत

Share:

भदौ ३०,स्याङ्जा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिक्षामा बिभेद रहेको आरोप लगाउनु भएको छ । आधिँखोला गाउँपालिकालाई अनिवार्य आधारभुत शिक्षा सुनिश्चित गाउपालिका घोषण तथा बाल दिवसका अवसरमा निजी र सरकारी शिक्षा अहिलेको शिक्षा मुख्य बिभेद भएको बताउनुभयो ।उहाँले अभिभावकले शिक्षामा छोरालाई निजीमा पढाउने र छोरी सरकारी बिद्यालयमा पढ्न बाध्य बनाएको बताउनुभयो ।

मुलुकलाई बिकास गर्न महिला पुरुषको समान दायित्व रहेको बताउदै मन्त्री बस्तेतले शिक्षामा कुनै नाममा बिभेद गर्न नहुने जिकिर गर्नुभयो । छोरा र छोरीलाई बिभेद नगर्न अभिभावकलाई आग्रह गर्दै मन्त्री बस्नेतले सबैको चाहना भएमा शिक्षाको बिभेद अन्त्य हुने बताउनुभयो । शिक्षा नागरिकको लागि अति आवश्यक रहेको बताउदै मन्त्री बस्नेतले शिक्षा नि शुल्क पाउने ब्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । शिक्षा जति थप्यो उति राम्रो हुने बताउदै मन्त्री बस्नेतले शिक्षालाई चोरेर कसैले लान नसक्ने भएकाले बिद्यार्थीलाई मेहनत गरेर पढ्न आग्रह गर्नुभयो ।

केन्द्र र स्थानिय सरकार पुरानो सरकार भएको बताउदै प्रदेश सकार नितान्त नयाँ सरकार भएको दाबी गर्नुभयो । प्रदेश सरकारले १७ वटा कानुन बनाएको बताउदै मन्त्री बस्नेतले बजेट पहिलो पटक ल्याएको बताउनुभयो । नौडाडाँ कार्कीनेटा सडक पर्वत बाग्लुङ् जोडने महत्वपुर्ण सडक भएको बताउदै मन्त्री बस्नेतले सामरिक महत्वको सडकलाई पुरा गर्न प्रदेश सरकारले जिम्मा लिने बताउनुभयो । शान्ति सुरक्षा गर्न सरकारले नसकेको काग्रेसको आरोप प्रति इकित गर्दै बस्नेतले आरोप गर्न भन्दा सहयोग गर्न आग्रह गर्नुभयो ।

शान्ति सुरक्षा दिन नसकेको काग्रेसको हावादारी कुराका पछाडी नलाग्न आग्रह गर्दै बस्नेतले सकारले दोशी कसैलाई नछाड्ने बताउनुभयो ।
सरकारले करको दायरालाई फराकिलो मात्र बनाउ खोजेको बताउदै बस्नेतले जनता घुस दिन तयार हुने तर कर दिन पछाडी परेको आरोप लगाउनुलभो । उहाँले सचेत नागरिक कर तिर्न तयार हुने बताउदै कोहि हल्ला गरेर सरकार असफल पार्न लागेको बताउनुभयो । समाजको परिवर्तन गर्न हिजोको सासन प्रद्धतिको पुनराबृद्धि हुन नहुने बताउदै मन्त्री बस्नेतले जनप्रतिनिधीको कार्यशैली सच्चिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ, जिल्ला समन्वय समिति प्रमुख सिता कुमारी सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, शिक्षाबिद टिकाराम नेपाली, शिक्षा बिकास समन्वय इकाइ प्रमुख घनश्याम पौडेल, नेकपाका देबेन्द्र कुमार गुरुङ्, नेकाका प्रदिक कुमार पौडेल, गाउपालिका प्रमुख सुधिर कुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल, नयाशक्तिका ख्याम नारायण ढकाल लगायतले मन्तब्य राखेका थिए ।

यहाका ३९ बिद्यालयका ५ देखि १२ बर्ष भित्रका एक हजार ४ सय ६६ जना बिद्यार्थी भर्ना पश्चात गाउपालिाकालाई अनिवार्य आधारभुत गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिबाट ६, निबृत शिक्षकबाट र समाजसेवीबाट २५ जनाई सम्मान गरिएको थियो । सम्मान पश्चात नमुना बिद्यालयका अभियन्ता यम नारायण ढकालले पहिलो पटक गाउपालिकाले कामको मुल्याङकन गरेको बताउनुभयो ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: