म्याग्दीमा एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

Share:

म्याग्दी १ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा एक्साभेटर खस्दा चालक बेपत्ता भएका छन्। नीलगिरि खोला जलविद्युत् आयोजनाको सडक निर्माणमा प्रयोग भएको बुद्ध कन्ट्रक्सनको बा २ क ६००७ नम्बको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सडक निर्माणस्थलदेखि करीब १०० मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षीय कमल थापामगर बेपत्ता भएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।डोजरसँगै खोलामा खसेर घाइते भएका सहचालक अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का १९ वर्षीय सागर पाइजालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । पाइजा पौडिएर खोलाबाट निस्किएका प्रत्यक्षदर्शीले बताएका छन्।

खोलामा डुबेको अवस्थामा एक्साभेटर देखिएको छ। बेपत्ता चालकको खोजीमा प्रहरी, आयोजनाका कर्मचारी र स्थानीय बासिन्दा परिचालन भएका छन्।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: