
पोखरा,४ असोज । पोखरामा सार्वजनिक सवारीका सवारी चालकहरु आन्दोलित भएका छन् । चालकहरु नयाँ सहिताको विरुद्ध आन्दोलनमा उत्रिदा आज पोखराको यातायात सेवा प्रभावित भएको छ । यदि कुनै दुर्घटना भएर मानिसको मृत्यु भएमा चालक १० वर्ष जेल बस्नुपर्ने गरी सरकारले कानुनमा संशोधन गरे पछि सवारी चालकहरु अन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका कारण पोखरामा कालो प्लेटका माइक्रो कमै मात्र चलेका छन् । यद्दपी केहि माइक्रो भने चलिरहेका छन् । माइक्रोहरु नचल्दा यात्रुहरु हिँडेर गन्तव्यतर्फ पुगिरहेका छन् । पोखराबाट छुट्ने लामो दुरीका बसहरु पनि संचालन नहुँदा पोखरा बाहिर जानुपर्ने यात्रुहरु समेत मर्कामा परेका छन् । नेपाल यातायात मजदुर सङ्घले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाउदै आएको छ ।
सवारी चालकहरुले ऐनको दफा १६२ को उपदफा २ मा सर्तकता नअपनाई ,लापरबाही गरी सवारी चलाएर कसैको मृत्यु भएमा ३ वर्षदेखि १० वर्षसम्मको कैद हुने व्यवस्था रहेकोले उपदफा १ खारेज गर्नुपर्ने माग गरेका छन् ।
FILE PHOTO
