
पोखराको जनप्रिय स्कुल अगाडि दुई समूहबीच कुटपिट हुँदा दुई विद्यार्थी घाइते भएका छन् ।
विहीबार बिहान करिब साढे १० बजेको समयमा अपरिचित व्यक्तिहरुले कुटपिट गर्दा पोखरा – ५ पस्र्याङका १७ बर्षीय सुनिल श्रेष्ठ र पोखरा ८ सिर्जनाचोकका १७ वर्षकै शिव कार्की घाइते भएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । कार्की कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनायो ।
कुटपिटबाट घाइते भएका उनीहरुको फेवासिटी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए । घटना भएको नजिकैबाट भिआर बाइक नियन्त्रणमा लिएको थियो तर यातायात व्यवस्था कार्यालयको सहयोगमा अनुसन्धानपछि घाईतेको आफन्तको भएको खुलेको डिएसपी कार्कीले जनाए ।
कुटपिटमा संलग्न भई फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
…………..
नोटः भिआर बाइकको वास्तविकता यातायात कार्यालयबाट थाहा भएपछि थप सूचनापछि अद्यावधिक गरिएको
(प्रतिकात्मक तस्विर)
