
पोखरा, १२ असोज । बेलायतमा सांगीतिक भ्रमणमा रहेका बिग आइकनलाई त्यहाँ मिठो आतिथ्यता मिलेको छ । सांगीतिक प्रस्तुति अन्तर्गत लण्डन स्थित नेपाली समुदायको रोजाईमा रहेका उत्कृष्ट र चर्चित रेष्टुरेण्टहरुमा बिग आइकन सुवास गुरुङ ब्यस्त छन् ।
शुक्रबार मात्रै उनले लण्डनकै प्लमस्टीडमा रहेको डाँफे रेष्टुरेण्टमा आफ्नो प्रस्तुति राखे । त्यहाँ दर्जनौ युवायुवतीले नाचेर गाएर साथ दिए । सुवासले घण्टौंसम्म श्रोतादर्शकका रोजाइकै गीत गाएर भरपूर मनोरञ्जन प्रदान गरे । २५ भन्दा बढी गीतहरु उनले गाए । यूकेमै रहेका ड्रमर आकृत शाहले उनलाई साथ दिए ।
यो बिग आइकनका कार्यक्रमहरुमा सबैभन्दा धेरै दर्शकश्रोता सहभागी कार्यक्रम बन्यो । सञ्चालकद्वय राजन खकुरेल र इश्वर केसीले बिग आइकन प्रतियोगिता र बिग आइकन गुरुङको प्रंशसा गर्दै आफ्नो रेष्टुरेण्टमा निम्त्याउन पाउँदा खुशी लागेको जनाए । क्षमता भन्दा दोब्बर संख्यामा सहभागी रहेको बिग एफएम अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।
सो अवसरमा नेपाल ब्रिटेन च्याम्बरका अध्यक्ष तथा बिग आइकन निमन्त्रक संस्था युरोपको नेपालीपत्रका सञ्चालक, द ब्रिटिश कलेजका डाइरेक्टर राजन कँडेल, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, नेप्लीज् युथ एशोसियसनका संस्थापक अध्यक्ष ह्यारी गुरुङ, एशोसियसनका संस्थापक उपाधयक्ष प्रसिद्ध प्रधान, नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष ध्रुब अर्याल, एनआरएनए यूकेका सदस्य समेत रहेका राजन खकुरेल, एनआरएनए यूकेका सल्लाहकार प्रकाश कडेँल लगायतका व्यक्तित्वहरुले बिग आइकनको सम्मान गरे ।
यस्तै, सातौं बिग आइकनलमा प्रमोटेड बाइका रुपमा आबद्ध रारा तयारी चाउचाउ उत्पादक संस्था हिमश्री फुड्स प्रालिका सञ्चालक प्रकाश केसीको पनि सो अवसरमा उपस्थिति थियो । उनी पनि बिग आइकनको प्रस्तुतिपछि मन्त्रमुग्ध भए ।
यसैबीच, सुवासले लण्डनस्थित साउथ हारोमा रहेको माया पबमा शनिबार आफ्नो प्रस्तुति राख्दैछन् । जहाँ उनको दोस्रो पटक प्रस्तुति हो । दर्शकको अनुरोधमा सञ्चालक श्री सिद्धार्थ विक्रम क्षेत्रीले पुनः आमन्त्रण गरेका हुन् । पहिलो कार्यक्रममा सुवासको प्रस्तुति पछि दर्शकको माग बमोजिमा यो हप्ता पनि सुवासलाई निम्त्याइएको हो ।
सुवासले विभिन्न शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो साँगीतिक प्रस्तुती राखे । बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को आमन्त्रण तथा काठमाण्डौ थापाथलीस्थित द ब्रिटिश कलेजको व्यवस्थापनमा अहिले बिग आइकन गुरुङ अध्यक्ष भण्डारी सहित बेलायत भ्रमणमा छन् । द ब्रिटिश कलेज ‘सपोर्टेट बाइ’ टाइटलमा बिग आइकनमा निरन्तर चारवर्षदेखि जोडिएको छ ।
‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनि संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आले यो ‘ट्रिप’ अन्तर्गत बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
भिडियोहरु





