बलात्कारको आरोपमा स्ववियु सभापतिलाई दश वर्ष जेल

Share:

१८ असोज,पर्वत । बालिका बलात्कारको आरोपमा पर्वतको कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो। क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।

क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ। अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ। अभियुक्तलाई बागलुङको चैतेदशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।

प्रतिकात्मक तस्बिर

कमेन्ट गर्नुहोस्
Share: