गिता राना मगर पोखरा, ३ भदौ / अमरसिंह चौरमा जारी युनाइटेड कप सेभेन ए साईड फुटवल प्रतियोगितामा मंगलवार ८ वटा खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा भ्याली स्पार्टस क्लवले युनाइटेड ए लाई १—० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा भ्यालीको तर्फबाट रोशन हिराचनले निर्णायक गोल गरेका थिए ।
त्यसैगरी दोश्रो खेलमा मेरो नेपाल युवा क्लव अनुपस्थित भएपछि वाक ओभर पाउँदै सूर्यचन्द्र एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ । तेश्रो खेलमा बी जी क्लव छिनेडांडाले काजीपोखरी युथ क्लवलाई १—० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा बी जीको तर्फबाट कुमार केसीले निर्णायक गोल गरेका थिए ।
चौथो खेलमा ए बी सी एले युनाइटेड सीलाई ४—१ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा एबीसीको तर्फबाट कन्यासुब्बा गुरुङले २, सुदिप जोशी र रिदेश गुरुङले १÷१ गोल गरेका थिए भने युनाइटेड सीको तर्फबाट सञ्जु पौडेलले सान्तवना गोल फर्काएका थिए ।
अर्को खेलमा नव ज्योति ले सिशुवा एफ सी लाई ट्राइबेकरमा हराएको छ । ट्राइबेकरमा नवज्योतिले ३ र शिसुवा एफ सीले २ गोल गरेका थिए । त्यस्तै एल जी एशोशियसन र पालेपाटन बीचको खेलमा एलजीले ५—० गोल अन्तरले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ । ए पी एफ र रञ्जन मेमोरियल बीचको खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइबेकरमा एपीएफले रञ्जन मेमोरियललाई ५—४ गोल गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । अन्तिम खेलमा संगम बी ले एफ वाई सी बाझापाटन १३ पहेलोलाई १—० गोलले हराउदै अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा सविन श्रेष्ठले गोल गरेका थिए ।
बुधबार अमरसिंह चौरमा अघिल्लो चरणमा ए डिभिजन लिग खेलमा सहभागी बनेको कोइलापानीले समेत सहभागीता जनाउने भएको छ । बुधवार संगम भर्सेस रामघाट युथ क्लव, आदर्श भर्सेस गनर एफ सी, रत्नचोक भर्सेस एबीसी बी, नयागाउ ए भर्सेस सत्य युथ क्लव १३ निलो , मालेपाटन ए भर्सेस हिमालय क्लव लामाचौर, जुनियर टप्स भर्सेस नेपाल आर्मी , एल जी एशोसियसन बी भर्सेस संघर्ष युवा क्ल्व र कोइलापानी भर्सेस रि युनाइटेड बसपार्क बीच खेल हुने प्रतियोगिता संयोजक शुक वहादुर गुरुङले जानकारी दिए ।
