सराङकोटको बाटो फराकीलो पारिने,मापदण्डविपरितका संरचनालाई रेजा लगाउने काम जारी

Share:

पोखरा, ४ मंसिर । पोखरा महानगरले विन्ध्यावासिनीदेखि सराङकोटसम्मको सडक फराकीलो पार्ने भएको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो ।अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना हटाउन १० दिने अल्टिमेटम दिएको छ।

कार्तिक २७ गते वडा समिति र टोल विकास समितिको संयुक्त बैठकले संरचना हटाउने निर्णय गरेको थियो । अहिले वडा समितिले नै १० मिटर भित्रका घर टहरा तथा कम्पाउण्ड वाल भत्काउन सूचना जारी गरेको हो । बीच भागबाट कतै दायाँ कतै बाँया गरेर ४ देखि ५ मिटर सडक फराकीलो पारिने वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । त्यस क्षेत्रमा मापदण्ड विपरितका संरचनालाई रेजा लगाउने काम भैरहेको छ ।

Source:DnaNepal

कमेन्ट गर्नुहोस्
Share: